एमाले-नेकपाबीच पाँच प्रदेशमा भागबन्डा: कसलाई कुन ?
थानकोट ।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्ता साझेदारी गर्दै संयुक्त सरकार गठन गर्ने सहमति भएको छ ।
शनिबार दुई दलबीच पाँच प्रदेशमा सरकारको नेतृत्व बाँडफाँट गर्ने सहमति भएको हाे ।
दुवै दलबीच भएको सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ ।
शनिबार एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।











