ब्राजिलले भारतसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने
थानकोट ।
पाँचप टकको विश्व च्याम्पियन ब्राजिलले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
भारतीय फुटबल महासंघले ब्राजिल भारत भ्रमणमा आउने पक्का भएको जनाएको छ ।
खेल आउँदो अक्टोबर ३ मा कोलकातामा हुनेछ । भारतले सामना गर्न लागेको हालसम्मकै उच्च वरीयताको टोली ब्राजिल नै हो ।
ब्राजिल हाल फिफा वरीयताको पाँचौँ स्थानमा छ ।
ब्राजिल भारतले समना गर्न लागेको चौथो दक्षिण अमेरिकी राष्ट्र हो ।
भारतले यसअघि अर्जेन्टिना, पेरु र उरुग्वेसँग खेलेको थियो ।
महासंघका उपमहासचिव एम सत्यनारायणले यो भारतीय फुटबलका निम्ति ऐतिहासिक क्षण हुने बताएका छन् ।
“ब्राजिलजस्तो उत्कृष्ट टोलीलाई हाम्रो देशमा स्वागत गर्न पाउनु एक असाधारण क्षण हो । यो निःसन्देह भारतीय फुटबलको इतिहासमा एक ऐतिहासिक अध्याय बन्नेछ,” सत्यनारायणले भने ।











