प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
थानकोट ।
संघीय संसद्, प्रतिनिधिसभा बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।










