रवि लामिछानेले बोलाए मन्त्री र सांसदसहितको बैठक

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मन्त्री र सांसदसहितको बैठक बोलाएका छन् ।

लामिछानेले आज बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन् ।

बैठकमा सांसदसहित मन्त्रीहरूलाई अनिवार्य उपस्थित हुन भनिएको जनाइएको छ ।

पार्टीबाट सरकारमा गएका मन्त्रीको काम र संसदमा सांसदहरूको गतिविधि चित्त नबुझेपछि रविले ती असन्तुष्टिका विषयमा छलफल गर्न खोजेको रास्वपाका एक नेताले जानकारी दिए ।

पछिल्लो समय रास्वपाका सांसदहरूले संसदमा अमर्यादित र विवादित गतिविधि गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ