चन्द्रागिरि वडा नं. ८ को कार्यालयले वडाबासीलाई सुनचाँदी पहिचानसम्बन्धी तालिम दिँदै
थानकोट ।
चन्द्रागिरि वडा नंं ८ को कार्यालय मातातिर्थले सुनचाँदी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
वडाध्यक्ष प्रल्हाद रिजालका अनुसार सुनचाँदी व्यवसाय वा पसल सुरु गर्न चाहने नयाँ व्यवसायीहरूका लागि यो तालिम कार्यक्रम लाभदायक हुन सक्नेछ । यस्तै, गहना निर्माण तथा कालिगढ पेशामा संलग्न व्यक्तिहरूका लागि समेत यो तालिम कार्यक्रम सीप निखार्ने कार्यका लागि थप मद्धतगार हुन सक्नेछ ।
यस तालिम कार्यक्रममा सहभागी हुन चाहने इच्छुक वडाबासीहरूले वडाका जनप्रतिनिधिहरूमार्फत नाम टिपाउन सक्ने बताइएको छ ।
सूचना हेराैंः










