राप्रपा काठमाडाैं जिल्ला अध्यक्षमा दिपक केसी निर्वाचित
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को काठमाडौं जिल्ला अधिवेशनबाट दीपक केसी अध्यक्षमा निर्वाचित भएका छन् ।
अधिवेशनअन्तर्गत भएको निर्वाचनमा केसीले ३९० मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी ऋद्धिप्रताप राणाले २२० मत प्राप्त गरे भने अर्का उम्मेदवार प्रमोद पौडेलले ३४ मत पाए ।
नवनिर्वाचित अध्यक्ष केसी राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्वसंयोजकसमेत हुन् ।
काठमाडौं जिल्ला अधिवेशन सम्पन्न भएसँगै राप्रपाको जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लाको संख्या ५४ पुगेको छ ।










