सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Thankot Times

थानकोट ।

कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा सामान्य घटेको छ ।

सुन ५०० रुपैयाँले घट्दै २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा ३ हजार २०० रुपैयाँले घटेर २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । बुधवार सुनको भाउ १०० रुपैयाँले बढेर तोलाको ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो  ।

यस्तै गएको मंगलबार सुन तोलामा १ हजार ७०० रुपैयाँले घटेर ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भयो । सोमबार तोलामा १ हजार ३०० रुपैयाँले घट्दै सुन ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

कारोबार हुने पहिलो दिन आईतबार सुनको भाउ २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो एकैदिन १६५ रुपैयाँले घटेर तोलाको ४ हजार ८१५ रुपैयाँमा करोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *