नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
थानकोट ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य प्रतितोला ३ हजार ८०० र चाँदीको मूल्य ११५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ र चाँदीको मूल्य ४ हजार ३९५ रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ४ हजार ५१० रुपैयाँ कायम थियो ।














