सुनको मूल्य बढ्याे

Thankot Times

थानकोट ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य २ हजार ९०० रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा पुगेको हो ।

तर, यता चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले घट्न पुगेको छ ।

अघिल्लो दिन ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ