नेकपाको राष्ट्रिय महाधिवेशन स्थानीय तह निर्वाचनपछि, पुस ११ मा वडा र माघ १५ मा पालिका अधिवेशन
थानकोट ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले स्थानीय तहको निर्वाचनपछि राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ।
पार्टीले वडा र पालिका अधिवेशनको मितिसमेत निर्धारण गरेको छ।
शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले पुस ११ गते देशभर एकैदिन वडा अधिवेशन गर्ने निर्णय गरेको हो।
पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार माघ १५ गते पालिका अधिवेशन गर्ने निर्णय भएको छ। बैठकले स्थानीय तहको निर्वाचनलगत्तै जिल्ला र प्रदेश अधिवेशन तथा राष्ट्रिय महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ।
यसअघि नेकपाले मंसिर ११ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर निर्धारित कार्यतालिका अनुसार काम अघि बढ्न नसकेपछि पार्टीले महाधिवेशनको समय परिवर्तन गरेको हो।













