नेपालबाट यस वर्षकाे मनसुन बाहिरियाे

Thankot Times

थानकोट ।

नेपालको सम्पूर्ण भू-भागबाट यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि यस वर्षको मनसुन नेपालको सबै भू-भागबाट बाहिरिएको जानकारी दिएको हो ।

यस वर्ष असोज १७ गतेदेखि नै पश्चिमी तथा उत्तरी केही भू-भागबाट मनसुन बाहिरिन सुरु गरेको थियो ।

सामान्यतया नेपालमा मनसुन १३ जुनदेखि सुरु भई २ अक्टोबरमा बाहिरिन्छ ।

तर यस वर्ष १९ जुन अर्थात् असार ५ गते मनसुन भित्रिएको थियो भने सरदर मितिभन्दा १२ दिनपछि बाहिरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ