नेपाल प्रिमियर लिग क्रिकेट-२०२६: आज काठमाडौं र जनकपुर, कर्णाली र विराटनगर बीच खेल हुने

Thankot Times

थानकोट ।

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज बिहीबार दुई खेल हुँदैछन् ।

आज जनकपुर बोल्टस र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।

त्रिवि क्रिकेट ग्राउन्डमा पहिलो खेल जनकपुर र काठमाडौंबीच हुनेछ । यी दुई बीचको खेल आज दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा काठमाडौँको यो पहिलो खेल हो ।

जनकपुर भने यसअघि कर्णाली याक्ससँग पराजित भएको थियो ।

यसैगरी आजै साँझ ५ बजे कर्णाली र विराटनगर बीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगर किंग्स पनि यसअघि चितवन राइनोजसँग पराजित भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *