नेपाल प्रिमियर लिग क्रिकेट-२०२६ः जनकपुर बोल्ट्सको पहिलो जित, काठमाडाैं गोर्खाज पराजित
थानकोट ।
कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग क्रिकेट-२०२६ अन्तर्गत बिहीबार सम्पन्न दिनको पहिलो खेलमा काठमाडाैं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले आठ विकेटको सहज जित दर्ता गरेको छ ।
काठमाडाैंले दिएको १ सय १६ रनको लक्ष्य जनकपुरले सजिलै पूरा गरेको हो ।
जनकपुरले १७.२ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । जारी सिजनमा जनकपुर बोल्ट्सको यो पहिलो जित हो । पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो ।
जनकपुरका लागि मोइन अलीले अर्धशतक पूरा गरे । उनी ५१ बलमा ५८ रन बनाउँदै अविजित रहे । मोइन सैफ हसन ४० रन बनाएर अविजित रहे ।
बलिङमा काठमाडाैंका रिपोन मोन्डलले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडाैं १९ ओभर ३ बलमा ११५ रन बनाउँदै अलआउट भएको थियो ।














