थानकोटमा कार्तिक २८ गते नगरव्यापी बृहत् भजन सम्मेलन हुने
थानकोट ।
थानकोटमा नगर व्यापी बृहत भजन सम्मेलन हुने भएको छ ।
वैदिक सनातन धर्म नगर भजन समिति, चन्द्रागिरि नगरपालिका-१४, नयाँ नैकाप, काठमाडौंको आयोजनामा तथा आदिनारायण भजन मण्डल, चन्द्रागिरि नगरपालिका–४, थानकोटको व्यवस्थापनमा कार्तिक २८ गते, शनिबार सम्मेलन हुन लागेको हो ।
धार्मिक सद्भाव, आध्यात्मिक चेतना तथा हाम्रो मौलिक संस्कृति र परम्पराको संरक्षणमा टेवा पुर्याउने उद्देश्यले सम्मेलन हुन लागेको बताइएको छ ।
थानकोट कोतघरमा उक्त दिन बिहान १० बजेदेखि कार्यक्रम सुरु हुने बताइएको छ ।











