स्थानीय तह निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो दलहरूलाई

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति र व्यवस्थापनबारे छलफल गर्न मंसिर ४ गते राजनीतिक दलहरूलाई बोलाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय दलको मान्यता पाएका दलहरूलाई छलफलका लागि आमन्त्रण गरिएको हो ।

प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता पाएका छ दलमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *