नेपाली काँग्रेसको जिल्ला अधिवेशन पुस पहिलो साता हुने

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसको जिल्ला अधिवेशन पुसको पहिलो साता हुने भएको छ । पार्टी सभापति गगन थापाले छठ पर्वपछि केन्द्रीय समितिको बैठक बस्ने र त्यो बैठकले पुसको पहिलो साता जिल्ला अधिवेशन गरिने जानकारी दिएका हुन् ।

छठ पर्वको अवसरमा सर्लाही पुगेका थापाले पुस पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी गरिरहेको बताएका हुन् ।

‘छठपछि केन्द्रीय कार्यसमितिको बैठक बस्छ । बैठकले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने गरी निर्णय गर्ने तयारीमा छौँ,’ थापाले भने, ‘त्यसको तीन–चार दिनपछि प्रदेश अधिवेशन गर्ने योजना छ । अन्तिम टुंगो लगाउन बाँकी छ ।’

दुवै अधिवेशन सकिएपछि कांग्रेस स्थानीय तह तथा प्रदेश सभा निर्वाचनमा जुट्ने थापाले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *