नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत्

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ ।

यही कात्तिक ३० गतेको निर्णयअनुसार साबिकको खुद्रा मूल्यलाई नै यथावत् राखिएको निगमले जानकारी दिएको छ ।

यसरी पेट्रोलियम पदार्थको खुद्रा विक्री मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक रूपमा हालको स्थितिमा १ अर्ब ६२ करोड ७७ लाख घाटा हुने जानकारी दिइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ