आसन्न स्थानीय चुनावका लागि जय नेपाल पार्टीले उम्मेदवार माग्यो, यस्तो छ प्रकृया

Thankot Times

थानकोट । 

जय नेपाल पार्टीले आगामी स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न चाहने व्यक्तिलाई सम्पर्क गर्न आह्वान गरेको छ ।

पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीका अनुसार केन्द्रीय समिति बैठकले ७७ वटै जिल्लाबाट सम्भावित उम्मेदवारको नाम संकलन गर्ने निर्णय गरेको हो ।

पार्टीले उम्मेदवार बन्न इच्छुक सक्षम र ऊर्जावान् व्यक्तिलाई सम्पर्क गर्न भनेको छ ।

बैठकले उम्मेदवार आह्वानसहित समसामयिक विषयमा आठ संकल्पसहित विभिन्न निर्णय गरेको लावतीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ