कीर्तिपुरमा रहेको राष्ट्रिय आविष्कार केन्द्रमा चोरी
थानकोट ।
कीर्तिपुरमा रहेको राष्ट्रिय आविष्कार केन्द्रमा चोरी भएको छ ।
कीर्तिपुर प्रहरी वृत्तका अनुसार हिजो मंगलबार बिहान केन्द्रमा चोरी भएको हो ।
प्रहरीका अनुसार केन्द्रबाट एक थान कम्प्युटर र ड्रोनमा प्रयोग हुने ब्याट्री चोरी भएको छ ।
चोरीको समयमा सीसी क्यामेरामा कैद भएको भिडियो फुटेज राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।
मंगलबार बिहानै एक व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर चोरी गरेर बाहिरिएको सीसी क्यामेरा फुटेजमा देख्न सकिन्छ ।
फुटेजका आधारमा चोरीमा संलग्न व्यक्तिको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










