नेपाली राष्ट्रिय क्रिकेट टोलीले इंग्ल्यान्ड भ्रमण गर्ने, तीन देशसँग ६ खेल खेल्ने

Thankot Times

थानकोट ।

नेपालले २०२७ को जुन १ देखि हुने इंग्ल्यान्ड भ्रमणको पहिलो खेल स्टकल्यान्डसँग खेल्ने भएको छ ।

बिहीबार नेपाल क्रिकेट संघ (क्यान) र मेरिलिबोर्न क्रिकेट क्लबले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा संयुक्त रूपमा पत्रकार सम्मलेन आयोजना गरी भ्रमणबारे जानकारी दिएका हुन् ।

क्यानले भ्रमणको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार भ्रमणमा नेपालले बंगलादेश, आयरल्यान्ड र स्कटल्यान्डसँग कुल ६ खेल खेल्नेछ ।

जसमा चार टी–२० र दुई एकदिवसीय खेल समावेश छन् ।

जुन ३ मा हुने दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । खेल इंल्यान्डको प्रसिद्ध लर्डस क्रिकेट मैदानमा हुनेछ ।

त्यसपछि नेपालले आयरल्यान्डसँग चार खेल खेल्नेछ । खेल सन् २०२७ जुन ६, ९, ११ र १२ मा हुनेछ ।

जुन ६ को खेल भने ५० ओभरको हुनेछ ।

पत्रकार सम्मलेनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मेरिलिबोर्न क्रिकेट क्लबका प्रतिनिधिहरूलाई उक्त भ्रमण आयोजना गरेकोमा धन्यवाद दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ