भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु, एक जनाको पहिचान खुल्यो

Thankot Times

थानकोट ।

मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेमा भएको सुमो दुर्घटनामा मृत्यु भएका ३ जनामध्ये एक जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ की २२ वर्षीया जेसिका तिमिल्सिना रहेकी छन्  ।

दुर्घटनामा मृत्यु भएका अन्य २ जनाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

आफन्त आएपछि मात्रै उनीहरूको पहिचान खुल्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना. १ ज. २१४३ नम्बरको सुमो बिहीबार बिहान भीमफेदी–१ भैंसेस्थित घुम्तीबाट करिब १० मिटर तल भैंसे खोलामा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ