आज बिहीबार दिनभरको मौसम पूर्वानुमान जान्नुहोस

Thankot Times

थानकोट ।

देशका हिमाली तथा पहाडी भू-भागमा आज आंशिक बदली हुने भएको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

त्यस्तै, राति पनि देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

रातिको समयमा गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, बिहानपख तराईका भू–भाग, उपत्यका तथा खोँचहरूका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *