सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान
थानकोट ।
सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त सञ्चालक समिति अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ।
समितिले आज एक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा छनोट गरी नियुक्तिका लागि सिफारिस गर्न इच्छुक योग्य व्यक्तिहरूबाट आवेदन माग गरेको हो।
इच्छुक उम्मेदवारहरूले तोकिएको योग्यता पूरा गरी आगामी मंसिर २२ गते मंगलबार, कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
दरखास्त फाराम, उम्मेदवारका लागि आवश्यक शैक्षिक योग्यता तथा अनुभव, र दरखास्तसाथ संलग्न गर्नुपर्ने र अन्य कागजातहरू सम्बन्धी विस्तृत विवरण सूचना तथा सञ्चार मन्त्रालयको आधिकारिक वेबसाइट र सार्वजनिक सेवा प्रसारण संस्थाको वेबसाइटबाट प्राप्त गर्न सकिने समितिले जनाएको छ।











