नवनियुक्त ३ जना राजदूतहरूले लिए पद तथा गोपनीयताको शपथ
थानकोट ।
भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहबीच नवनियुक्त तीन राजदूतले शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहण गर्नेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।











