आज देशका अधिकांश स्थानको मौसम सफा रहने पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका हिमाली क्षेत्रमा आज आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनेछ भने देशका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

महाशाखाले बिहानपख उपत्यका तथा खोँचहरूका साथै तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *