प्रथम मातातीर्थ गोल्डकपः चुनदेवीमाथि तीनथाना क्लबको सानदार जित
थानकोट ।
प्रथम मातातीर्थ गोल्डकप अन्तर्गत मंगलबार सम्पन्न दिनको अन्तिम तथा तेश्रो खेलमा तीनथाना क्लब विजयी भएको छ ।
चन्द्रागिरि नगरपालिका- ०६ मातातीर्थस्थित फुटबल मैदानमा सम्पन्न खेलमा तीनथानाले चुनदेवी युवा क्लब विरूद्ध ५-०को स्पष्ट जित हात पार्यो ।
तीनथानाको जितमा सजन विष्ट, धर्म थापा, सुजन तामाङ, शुसान्त घिमिरेले समान १-१ गोल गरे । चुनदेवीका विश्वास तामाङले एक अत्मघाती गोल उपहार दिएका थिए । चुनदेवीका मनजित तामाङ तथा तीनथानाका कृश लामा र दिल महर्जनले पहेंलो कार्ड पाए । तीनथानाका दिपक घिसिङ फोटो म्युजियम नेपाल प्लेयर अफ दि म्याच घोषित भए ।
यसअघि मंगलबार नै सम्पन्न भएका खेलहरूमा कुर्दन युवा क्लब तथा किसिपिडी युवा क्लब विजयी भएका थिए । प्रतियोगिता अन्तर्गत बुधबार पनि तीन खेल हुनेछन् ।













