प्रथम मातातीर्थ गोल्डकप अन्तर्गत आज तीन खेल हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित फुटबल मैदानमा जारी प्रथम मातातीर्थ गोल्डकपको तेश्रो दिन बुधबार तीन खेल हुनेछन् ।

दिनको पहिलो खेलमा बिहान १० बजे विष्णुदेवी युथ क्लबले लोरेन युवा क्लबको सामना गर्दा दिउँसो १ बजे रोयल ठकुरी युवा क्लबले मातृभुमि युवा क्लबको चुनाैती सामना गर्ने खेल तालिका रहेको छ ।

त्यस्तै, अपरान्ह ४ बजे सोल्टी नेपाल फुटबल क्लब र भकुण्डेचाैर युवा क्लबबीच खेल हुनेछ ।

२४ टोलीले सहभागिता जनाएको प्रतियोगिताको उपाधी भिडन्त असोज १५ गते हुने बताइएको छ ।

मंगलबार सम्पन्न खेलहरूमा कुर्दन, किसिपिडी र तीनथाना युवा क्लबले आ-आफ्ना प्रतिस्पर्धी विरूद्ध जित निकाल्दै अन्तिम बाह्रमा स्थान सुरक्षित गरेका थिए । हालसम्म प्रतियोगिता अन्तर्गतका ४ खेल सम्पन्न भएका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *