एक हजार दरका ७३ थान नक्कली नोटसहित २६ वर्षीय युवा समातिए

Thankot Times

थानकोट।

१ हजार दरका ७३ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो सुनसरी देवानगञ्ज गाउँपालिका-६ बस्ने २६ वर्षीय भोगान्द मेहेतालाई प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट एक हजार दरका ७३ थान नक्कली नोटसहित मेहेतालाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ९७५६ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार मेहेतालाई ज्याकेटको खल्तीमा लुकाई ल्याएको उक्त नोटसहित पक्राउ गरेको हो ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *