प्रथम मातातीर्थ गोल्डकपः संजिप विष्टको दोहोरो ह्याट्रिकमा सोल्टी नेपालको फराकिलो जित
थानकोट ।
चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा जारी प्रथम मातातीर्थ गोल्डकप फुटबल अन्तर्गत बुधबार सम्पन्न दोश्रो खेलमा सोल्टी नेपाल फुटबल क्लबले जित हात गरेको छ ।
संजिप विष्टको दोहोरो ह्याट्रिकको मद्दतमा सोल्टीले भकुण्डेचाैर युथ क्लबमाथि ७-० को एकपक्षीय जित हासिल गर्यो ।
सोल्टीको फराकिलो जितमा प्रकाश थापाले १ गोल थपे ।
प्रतियोगिता अन्तर्गत अपरान्ह ४ बजे रोयल ठकुरी युवा क्लबले मातृभुमि युवा क्लबको चुनाैती सामना गर्ने खेल तालिका रहेको छ ।













