प्रथम मातातीर्थ गोल्डकपः दोश्रो चरणका खेलमा कुर्दन र किसिपिडीको विजयी सुरूवात

Thankot Times

थानकोट ।

प्रथम मातातीर्थ गोल्डकप फुटबल अन्तर्गत शनिबारबाट दोश्रो चरणका खेलहरू सुरू भएका छन् । शनिबार सम्पन्न खेलहरूमा क्रमशः किसिपिडी युथ क्लब र कुर्दन युवा क्लब विजयी भए । 

चन्द्रागिरि नगरपालिका ०६ मातातीर्थ बालागाउँस्थित फुटबल मैदानमा सम्पन्न किसिपिडी युथ क्लब र ग्रिन हिल्स युवा क्लबबीचको खेलमा किसिपिडी २-० गोल अन्तरले विजयी हुँदै तेश्रो चरणका लागि छनोट भयो । किसिपिडीका लागि हरि कार्की र मनिकुमार लामाले गोल गरेका थिए । खेलको फोटो म्युजियम नेपाल प्लेयर अफ दि म्याच विशाल गुरूङ घोषित भए । 

त्यस्तै, शनिबार सम्पन्न दोश्रो खेलमा कुर्दन युथ क्लब विजयी भएको छ । तीनथाना युथ क्लबमाथि २-१ गोल अन्तरको जित हासिल गर्दै कुर्दनले तेश्रो चरणका लागि टिकट काट्यो । कुर्दनका लागि सुजित बुढाथोकी र दिपक गुरूङले गोल गरे । 

खेलको फोटो म्युजियम नेपाल प्लेयर अफ दि म्याच तीनथाना युथका गोलरक्षक प्रविण रोक्का घोषित भए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *