प्राथमिक अस्पताल थानकोटमा चन्द्रागिरि नगरबासीहरूका लागि डेंगी रोगको निःशुल्क परीक्षण गरिने
थानकोट ।
चन्द्रागिरि नगरबासीहरूका लागि डेंगी रोगको निःशुल्क परीक्षण हुने भएको छ ।
नगरप्रमुख घनश्याम गिरीले आतबार साँझ एक भिडियो सन्देश जारी गर्नु हुँदै नगरबासीहरूको प्राथमिक अस्पताल थानकोटमा डेंगी रोगको निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिनुभएको हो ।
चन्द्रागिरि नगर क्षेत्रमा पनि डेंगी रोगको संक्रमित हुनेहरूको संख्या बढिरहेको प्रति चिन्ता व्यक्त गर्नुहुँदै नगरप्रमुख गिरीले आवश्यक स्वास्थ्य सतर्कता अपनाउन समेत नगरबासीहरूमा अनुरोध गर्नुभएको छ ।
उक्त भिडियो सन्देशमा नगरप्रमुख गिरीले प्राथमिक अस्पताल थानकोटमा डेंगी रोग निःशुल्क परीक्षणको व्यवस्थासहित थप उपचार आवश्यक पर्ने नगरबासीहरूको उपचारका लागि सहजीकरणका लागि सहयोग गरिने बताउनु भएको छ ।












