चुनावी गठबन्धनः प्रतिनिधि सभाको प्रत्यक्षतर्फ काठमाण्डाै ९ र १० नेपाली काँग्रेसको भागमा
थानकोट ।
मंसिर ४ का लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गठबन्धन गरेका दलहरूबीच काठमाडौंका १० वटा प्रतिनिधि सभा क्षेत्रमध्ये नेपाली कांग्रेसले सात वटा क्षेत्रमा उम्मेदवारी दिने लगभग टुंगो भएको छ।
सत्ता गठबन्धनका दलहरूबीच काठमाडौंका क्षेत्र नम्बर १, ३, ४, ५, ६, ९ र १० मा कांग्रेसले उम्मेदवारी दिने गरी सहमति भएको हो।
२०७४ को चुनावमा कांग्रेसले काठमाडौंका क्षेत्र नम्बर १, ४, ६, १० क्षेत्र जितेको थियो। यी क्षेत्र यसपालि पनि कांग्रेस आफैंले राखेर सत्ता गठबन्धनसँग तालमेल गर्दै थप ३ क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको हो।
असोज २३ मा निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका बनाएको छ। सत्ता गठबन्धनले प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० क्षेत्रमा पनि फूलपाती अघि नै सिट बाँडफाँट गरिसक्ने बताएका छन्।












