प्रथम मातातीर्थ गोल्डकपः कुर्दन र किसिपिडी अन्तिम चारमा (फोटो फिचर)

Thankot Times

थानकोट ।

प्रथम मातातीर्थ गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

मंगलबार सम्पन्न खेलहरूको नतिजापछि किसिपिडी युवा क्लब र कुर्दन युवा क्लबले अन्तिम चारको यात्रा सुरक्षित गरेका हुन् ।

मंगलबार चन्द्रागिरि नगरपालिका ६ मातातीर्थ बालागाउँस्थित खेल मैदानमा सम्पन्न खेलमा किसिपिडी युवा क्लबले सडेन डेथमा मातृभूमी युवा क्लबमाथि जित दर्ता गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । यसअघि निर्धारित समयमा दुवै टोलीबाट एक एक गोल भएपछि खेलको नतिजा ट्राइबेकरमा निकालिएको थियो जसमा किसिपिडी ५-४ ले विजयी भयो ।

निर्धारित समयमा किसिपिडीका लागि घनश्याम थारू तथा मातृभूमीका लागि अनिल खत्रीले गोल गरेका थिए ।

त्यस्तै, मंगलबार सम्पन्न तेश्रो चरणको अन्तिम खेलमा सोल्टी नेपाल फुटबल क्लबमाथि ५-२ को जित हात पार्दै कुर्दन युवा क्लबले सेमीफाइनलमा स्थान पक्का गर्यो । कुर्दनका लागि अविरल रिजालले ह्याट्रिक गर्दा सुजित बुढाथोकीको नाममा २ गोल रह्यो । पराजित सोल्टीका लागि प्रकाश तामाङ र संजिप विष्टले समान एक एक गोल गरे ।

अब सेमिफाइनलमा किसिपिडी युथले गोर्खाली युथ क्लबको सामना गर्नेछ भने कुर्दनले फारभीजनको सामना गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *