बंगलादेशविरूद्ध अन्जनको ह्याट्रिक, नेपाल ३-१ ले विजयी

Thankot Times

थानकोट । 

नेपालले बंगलादेश विरूद्धको मैत्रीपूर्ण खेलमा ३-१ को जित हात पारेको छ । 

मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालका लागि अन्जन विष्टले सबै तीन वटै गोल गरेका थिए । उनले खेलको १८ औं २७औं  र ३८औं मिनेटमा गोल गरेका गरे । पराजित बंगलादेशका लागि ५७औं मिनेटमा मोहम्मद टुटुल हुसैन बादशाहले एक गोल फर्काए । 

अन्जनको ह्याट्रिक नेपाली खेलाडीहरूले अन्तराष्ट्रिय फुटबलमा गरेको छैटाैं ह्याट्रिक हो । 

यसअघि नेपालका लगि पाँच खेलाडीले ह्याट्रिक गरेका थिए।  पछिल्लो पटक नवयुग श्रेष्ठले सन् २०१६ मा नेपालका लागि ह्याट्रिक गरेका थिए। उनले बंगलादेशको बंगबन्धु गोल्डकपमा माल्दिभ्सविरूद्ध ह्याट्रिक गरेका थिए। 

त्यसअघि नेपालका लागि भरत खवास, निराजन रायमाझी, नरेश जोशी र गणेश थापाले ह्याट्रिक गरेका थिए। 

भरतले एएफसी च्यालेन्ज कप छनोट २०१३ मा नर्दन मारियाना आइल्यान्डविरूद्ध ह्याट्रिक गरेका थिए। 

यस्तै, नीराजन रायमाझीले विश्वकप छनोट २००१ मा मकाउविरूद्ध, नरेश जोशीले १९९९ मा श्रीलंकाविरूद्ध र गणेश थापाले १९८७ को दक्षिण एसियाली खेलकुदमा भुटानविरूद्ध ह्याट्रिक गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ