बंगलादेशविरूद्ध ह्याट्रिक गरेका अन्जन विष्ट मातातीर्थ गोल्डकपको फाइनल हेर्न आउने

Thankot Times

थानकोट ।

प्रथम मातातीर्थ गोल्डकपको फाइनल हेर्न नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन विष्टपनि सहभागी हुने भएका छन् ।

चन्द्रागिरि नगरपालिका-६ मातातीर्थ बालागाउँस्थित फुटबल मैदानमा जारी गोल्डकपको फाइनल असोज १५ गते शनिबार हुने तालिका रहेको छ ।

विष्टले दशरथ रंगशालामा मंगलबार सम्पन्न मैत्रीपूर्ण खेलमा बंगलादेश विरूद्ध ह्याट्रिक गरेका थिए । उनी अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने नेपालका छैटौं खेलाडी समेत बनेका छन् ।

प्रतियोगिताको सेमिफाइनल अन्तर्गत बिहीबार गोर्खाली युथ क्लब र किसिपिडी युथ क्लब तथा शुक्रबार कुर्दन युथ क्लब र फारभीजन युवा क्लबबीच खेल हुनेछ ।

प्रतियोगिताका विजेताले नगद २ लाख रूपैयाँ शिल्ड तथा प्रमाणपत्र पाउने जानकारी दिनुभयो । प्रतियोगिताका उपविजेताले नगद १ लाख रूपैयाँ तथा शिल्ड पाउने प्रतियोगितामा तेश्रो हुने टोलीले नगद ५० हजार रूपैयाँ हात पार्ने बताइएको छ ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *