पाँचाैं नैकाप गोल्डकपः कुर्दन युवा क्लबको विजयी सुरूवात
थानकोट ।
पाँचाैं नैकाप गोल्डकपमा कुर्दन फुटबल क्लबले विजयी सुरूवात गरेको छ ।
बिहीबार सम्पन्न दिनको पहिलो खेलमा समुह सी मा रहेका कुर्दन फुटबल एकेडेमी र गोल्डेन फ्लावर स्कुलबीचको खेलमा कुर्दन १-०ले विजयी भएको हो ।
प्रतियोगिता अन्तर्गत अहिले समुह सी अन्तर्गत गोल्डस्टार युथ क्लब र बी आर ब्रदर्श एफसीबीच खेल भइरहेको छ ।















