काठमाण्डाै र ललितपुरमा भएका सवारी दुर्घटनामा २ जना पैदल यात्रीको ज्यान गयो
थानकोट ।
बिहीबार साँझ करिब ६ः१० बजे ललितपुरको हरिसिद्धि पेट्रोल पम्पस्थित सडक खण्डमा पानी ट्यांकरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । हात्तिवनबाट गोदावारीतर्फ जाँदै गरेको ना.४.ख. ३१२९ नम्बरको भाडा पानी ट्याङ्करले नाम थर ठेगाना नखुलेको पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका पैदल यात्रीको पाटन अस्पताल उपचारको क्रममा १८:४० बजे मृत्यु भएको हो । दुर्घटनामा संलग्न सवारी साधन र चालक प्रहरी वृत सातदोबाटोको नियन्त्रणमा लिएको छ ।
त्यस्तै, बिहीबार साँझ ५ः३० बजे नागार्जुन नगरपालिका ६ घट्टेकुलोस्थित सडकखण्डमा भिमढुङ्गाबाट रामकोटतर्फ जाँदै गरेको बा. प्र ०२–०२८ प ८८२१ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदल यात्री कृष्ण गिरीलाई ठक्कर दिँदा घाइते भएका गिरीको उपचारका क्रममा मनोमोहन अस्पतालमा बेलुकी २०:०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त स्वयम्भुले दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिएपनि मोटरसाइकल चालक नागार्जुन ८ बस्ने २१ वर्षीय समिर तामाङ फरार भएको प्रहरीले जनाएको छ ।















