प्रथम मातातीर्थ गोल्डकपः फारभीजनको पोष्टमा ११ गोल गर्दै कुर्दन फाइनलमा
थानकोट ।
प्रथम मातातीर्थ गोल्डकपको उपाधीका लागि कुर्दन युथ क्लब र किसिपिडी युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार सम्पन्न प्रतियोगिताको दोश्रो सेमिफाइनलमा कुर्दनले फारभिजनमाथि ११-० को फराकिलो जित हात पार्दै उपाधीका लागि किसिपिडीसँगको भेट पक्का गरेको हो ।
कुर्दनको जितमा अविरल रिजालले दोहोरो ह्याट्रिक, सुजित बुढाथोकीको २ तथा गोविन्द रिमाल, रन्जन श्रेष्ठले समान १-१ गरेका थिए भने फारभीजनका खेलाडीले आत्मघाती गोल गरेका थिए ।
फाइनल खेल शनिबार दिउँसो २ बजे हुनेछ ।
सो अघि प्रतियोगिताको तेश्रो स्थानका लागि गोर्खाली युथ र फारभीजनबीच बिहान १० बजे खेल हुनेछ ।












