धादिङमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, ८ जना घाईते
थानकोट ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं १० मा आइचर ट्रक दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् ।
सल्यानटारमा हुन लागिरहेको महोत्सवको सामग्री बोकेको ना ४ ख ८०४१ नम्बरको ट्रक नीलकण्ठ १० स्थित हनुमान डाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा कपिलवस्तुका इन्द्रजित पासी र सोही जिल्लाका सव्दाम अन्सारी रहेका छन् भने घाईते हुनेहरुमा कपिलवस्तुका ५८ वर्षीय साधु धोबी, ५१ वर्षका मंग्र पासी, २२ वर्षका विनोद चमार, २८ वर्षका तुलसीराम पासी, २४ वर्षका भीम बहादुर चौधरी, मकवानपुरका ३९ वर्षका सुर्य बहादुर थिङ, १८ वर्षका अनिस थिङ र भारतका २० वर्षका मोहम्मद जुबेद रहेका छन् ।
दुर्घटनाबाट गम्भीर घाइते भएकाहरुलाई काठमाडौँ रिफर गरिएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो ।















