काठमाण्डाै क्षेत्र नंं १० को निर्वाचन अधिकृतको कार्यालय स्थापना
थानकोट।
मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने क्रम जारी छ । निर्वाचन आयोगले असोज २० गतेभित्र कार्यालय स्थापना गर्न समयसीमा तोकेको छ ।
निर्वाचन आयोगको निर्णायानुसार काठमाण्डाैका क्षेत्र नं. १० अन्तर्गत प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका निर्वाचन अधिकृतको कार्यालय कीर्तिपुरमा स्थापना गरिएको छ । आइतबार कीर्तिपुरस्थित देवढोकामा सो कार्यालयको सुरू गरिएको हो ।
निर्वाचन आयोगले काठमाण्डाै क्षेत्र नं. १० का लागि फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक फणेश्वरी घिमिरे लाई निर्वाचन अधिकृतका रूपमा खटाइसकेको छ।















