काठमाण्डाै क्षेत्र नं. ९ मा ७२ हजार तथा क्षेत्र नंं १० मा ७७ हजार मतदाता, कुन प्रदेशमा कति ?

Thankot Times

थानकोट ।

मंसिर ४ का लागि तय भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको तयारीमा द्रुत गतिमा भइरहेको छ । असोज २० गतेसम्म निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । काठमाण्डाैका क्षेत्र नं. ९ र १० मा आइतबार सम्बन्धित क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन् । 

निर्वाचन आयोगले चुनावमा भाग लिने उम्मेदवारहरूले खर्च गर्न पाउने रकमको अधिकतम सीमा समेत सार्वजनिक गरेको छ ।

आयोगले यस अघिका निर्वाचनमा सबै निर्वाचन क्षेत्रमा बराबर खर्च गर्न सकिने गरी सीमा निर्धारण गर्ने गरे पनि यो पटक मतदाताको सङ्ख्याका आधारमा फरक फरक मापदण्ड तय गरिएको छ।

आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार उम्मेदवारहरूले खर्च गर्न पाउने सीमा तीन वटा आधारमा तय गरिएको छ।

“सम्बन्धित क्षेत्रको अन्तिम मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रको भौगोलिक क्षेत्रफलका आधारमा भार निर्धारण गरिएको छ,” भट्टराईले भने।

उनका अनुसार मतदाता सङ्ख्यालाई ६० प्रतिशत र मतदान केन्द्र तथा भूगोललाई २०-२० प्रतिशत मत भार दिइएको छ। 

यो अनुपातलाई आधार मान्दा काठमाण्डाै क्षेत्र नंं ९ र १० का उम्मेदवारहरूले अधिकतम् २७ लाख रूपैयाँसम्म निर्वाचनमा खर्चन पाउनेछन् । प्रदेशतर्फ यी दुवै क्षेत्रका उम्मेदवारहरूले निर्वाचनमा अधिकतम् १५ लाख रूपैयाँसम्म खर्च गर्न सक्नेछन् ।

आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता विवरण अनुसार काठमाण्डाै ९ मा कूल ७२,१८३ मतदाता रहेका छन् । जसमा प्रदेश क मा ३७१०० तथा प्रदेश ख मा ३५०७३ मतदाता रहेका छन् । प्रदेश क अन्तर्गत ४४ मतदान केन्द्र रहनेछन् भने ख मा ४१ मतदान केन्द्र हुनेछन् । 

काठमाण्डाै निर्वाचन क्षेत्र नंं ९ मा काठमाण्डौ महानगरपालिकाको वडा नं १२, १४, २१ र २२, चन्द्रगिरि नगरपालिकाको वडा नं १, १२, १३, १४, १५, र नार्गाजुन नगरपालिकाका वडा नं ६, ७, ८, ९, १० पर्दछन् ।

यी मध्ये काठमाण्डाै क्षेत्र नंं ९ प्रदेश ख मा चन्द्रागिरि नगरपालिकाका १, १२, १३, १४ र १५ वडा तथा नागार्जुन नगरपालिकाका ६ देखी १० नंम्बर वडाका इलाका पर्दछन् बाँकी प्रदेश क का इलाकामा पर्दछन् ।

त्यस्तै काठमाण्डाै क्षेत्र नंं १० मा कूल ७६९०६ जना मतदाता रहेका छन् । प्रदेश क अन्तर्गत काठमाण्डाै १० क मा ४८९४४ तथा प्रदेश ख मा २७९६२ मतदाता रहेका छन् । यस क्षेत्रको प्रदेश क मा ६४ तथा प्रदेश ख मा ३३ मतदान केन्द्र कायम हुनेछन् । 

काठमाण्डाै निर्वाचन क्षेत्र नंं १० मा क्षेत्रमा दक्षिणकाली र कीर्तिपुर नगरपालिका तथा र चन्द्रागिरि नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११  पर्दछन् । यस क्षेत्रको प्रदेश क अन्तर्गत दक्षिणकाली र कीर्तिपुर नगरपालिका पर्दछन् भने प्रदेश ख अन्तर्गत चन्द्रागिरि नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ का इलाका पर्दछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *