मंसिर ४ गतेको निर्वाचनमा कर्मचारी अपुग भए मात्र शिक्षकलाई मतदान केन्द्रमा खटाइने

Thankot Times

थानकोट । 

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा सरकारका अन्य कर्मचारी अपुग भएमात्र शिक्षक तथा विद्यालय कर्मचारी मतदान केन्द्रमा खटाइने भएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) (पहिलो संशोधन) निर्देशिका, २०५९ ले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीबाट अपुग भए मात्र शिक्षक तथा विद्यालय कर्मचारी खटाउने व्यवस्था गरेको हो ।

निर्देशिकाको मतदान केन्द्रमा कर्मचारी खटाउने व्यवस्थामा ‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार वा प्रदेश सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी नपुग भएमा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीलाई खटाउने’ भनिएको छ ।

त्यस्तै विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षकलाई मतदान केन्द्रमा खठाउँदा त्यस्तो मतदान केन्द्रमा सरकारी कर्मचारी समेत समावेश गरी खटाउन निर्देशन दिइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *