वर्षाले दशैं मान्न घर फर्कनेको बिजोग, भोलि पनि देशभरि वर्षा हुने

Thankot Times

थानकोट । 

दसैँको महानवमीका दिन आज देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ। आजको वर्षाले गर्दा दसैंका क्रममा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हालः मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको र आज प्रदेश नं १, मधेस प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीरहेको जनाएको छ। अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही भूभाग तथा बाँकी प्रदेशहरुका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसमविद् सजिना शाक्यका अनुसार आज मध्य तथा पूर्वी भागमा हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ। त्यस्तै विजया दशमीको दिन भोलि देशको पश्चिम भागमा भारी वर्षाको सम्भावना रहेको छ भने अन्य स्थानमा हल्का वर्षा हुनेछ।

महाशाखाका अनुसार आज राति पनि बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा थोरै र प्रदेश नं १, मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। विजया दशमीको दिन भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *