मसिने पहिरो पिडितका लागि चन्द्रागिरि नगरको आर्थिक सहयोग

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ मसिनेमा पहिरोमा परि ज्यान गुमाउनेको परिवारका लागि चन्द्रागिरि नगरपालिकाले लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । नगरप्रमुख घनश्याम गिरी, नगर उपप्रमुख बसन्ती श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरूसहित स्थलगत निरिक्षणमा पुगेको टोलीले तत्कालका लागि पिडित परिवारका लागि सहयता रकम स्वरूप ५० हजार रूपैयाँ उपलब्ध गराएको हो ।

नगरप्रमुख गिरीले पहिरो पिडितका लागि कार्यपालिकाको बैठकबाट थप सहायतका लागि निर्णय हुने बताउनुभयो । प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेले शुक्रबार बिहान करिब ६ बजे पहिरो हटाएपछि मृतक तीन जनाकै शव फेला परेको जानकारी दिनुभयो । 

शुक्रबार बिहान करिब १ बजे सो घरमाथिबाट पहिरो आउँदा काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थायी घर भएका  ५२ वर्षीय राजु श्रेष्ठ र उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी छोरी सारथि श्रेष्ठ पुरिएका थिए । 

मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *