काठमाण्डाै १० क मा माओवादी केन्द्रबाट २ जनाको नाम, काँग्रेसबाट पुकार महर्जन (भिडियोसहित)

Thankot Times

थानकोट ।

प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारीको मनोनयन दर्ताको कार्य देशभरका निर्वाचन अधिकृतको कार्यालयमा जारी छ ।

काठमाण्डाै क्षेत्र नं. ९ र १० का उम्मेदवारहरूले क्रमश नागार्जुन र कीर्तिपुरमा रहेका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारीको मनोनयन दर्ता गर्ने क्रम जारी छ ।


प्राप्त पछिल्लो जानकारी अनुसार काठमाण्डाै क्षेत्र नं. १० को प्रदेश क तर्फ नेकपा माओवादी केन्द्रबाट रूपा महर्जन र अन्जना विशंखे मध्ये एक जनाले उम्मेदवारीको मनोनयन दर्ता गर्ने बताइएको छ । यस क्षेत्रमा नेपाली काँग्रेसका पुकार महर्जनले उम्मेदवारी दर्ता गराउनेछन् ।

प्रदेश ख तर्फ नेकपा एकीकृत समाजवादीबाट रमा आलेमगरले उम्मेदवारी मनोनयन गर्ने तयारी गरेको एकीकृत समाजवादी स्रोतले जानकारी दियो । काठमाण्डाै क्षेत्र नं १० मा सत्ता गठबन्धनले चुनावी तालमेल गरेको बताइएको छ ।

नेकपा एमालेबाट यस प्रदेशमा कसलाई उम्मेदवार बनाउने टुंगो लागेको छैन् यद्यपी शुक्रबार र शनिबार यस क्षेत्रमा रामशरण आलेमगरको चर्चा सुनिएपनि अन्तिम निचोड नआएको बताइएको छ ।

संघ तर्फ काठमाण्डाै क्षेत्र नं. १० मा नेपाली काँग्रेसका राजेन्द्रकुमार केसीले उम्मेदवारी दर्ता गराउनेछन् । नेकपा एमालेबाट राम बहादुर थापा बादलले यस क्षेत्रबाट चुनाव लड्ने बताइएको भएपनि अन्तिम निर्णय भने हुन बाँकी रहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *