थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा  थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७८६ जनामा गरिएको नमुना परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा २१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थपिएका ५१ जनासँगै नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ६२२ जना पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *