थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट । 

नेपालमा पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार १ सय ६२ जनामा गरिएको परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा ७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्  ।

हाल नेपालमा ६८८ जना कोरोनाका संक्रिय संक्रमित रहेकाछन् ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *