थप चार जनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५४ जनामा गरिएको नमुना परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२ जना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा ६२२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ