निर्माढण विमानस्थल रनवेबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु, दुई जना घाइते

Thankot Times

थानकोट । सन्धिखर्कको निर्माणाधीन अर्घाभगवती विमानस्थलको रनवेमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको घटनास्थलमै मृत्यु भएको छ । गएराति १० बजेतिर विमानस्थलको रनवेमा ओभर स्पिडका कारण मोटरसाइलक अनियन्त्रित हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका–१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइन बस्ने २२ वर्षीय कृतिम रायमाझी रहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्णप्रसाद घिमिरेले बताए ।

रोशनले चलाएको प्रदेश नं. २-०३८ नम्बरको मोटरसाइकल निर्मार्णाधीन विमानस्थलको रनवेबाट अनियन्त्रित भई करिब २ सय मिटर तल खोल्सामा खसेको थियो । उक्त मोटरसाइकलमा रायमाझी सवार थिए ।

सँगसँगै गएका साथीहरू दुर्घटनामा परेको थाहा पाएपछि खोजतलासका लागि सन्धिखर्क नगरपालिका–२ बस्ने हेमराज भुसालले चलाएको बा. २५ प ८८७६ नम्बरको मोटरसाइकल पनि अनियन्त्रित भई विमानस्थल रनवेबाट करिब एक सय मिटर तल खस्दा भुसाल र मोटरसाइकल पछाडि बस्ने सन्धिखर्क नगरपालिका–२ बस्ने २० वर्षीय विष्णु पराजुली घाइते भएका छन् । उनीहरूको सन्धिखर्क अस्पतालमा उपचार भैरहेको प्रहरी निरीक्षक घिमिरेले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *