थप १४ जनामा कोरोना संक्रमण पुष्टि, देशभर सक्रिय संक्रमितको संख्या ६ सय ५ जना
थानकोट ।
नेपालमा थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९सय २४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सो अवधिमा थप २९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । सो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ५ पुगेको छ ।














